१० फागुनभित्र नयाँ प्रधानमन्त्री बन्ने (कसको सम्भावना धेरै )

11

२३ माघ, काठमाडौं । आज मंगलबार, राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा फरक–फरक विषय परेका छन् । शिक्षा, स्वास्थ्यदेखि पर्यावरणसम्मका विषयलाई आजका पत्रपत्रिकाहरुले उठाएका भए पनि राजनीतिक विषयलाई बढी जोड दिएका छन् ।

सबै प्रदेशको अधिवेशन सुरु भएपछि मुख्यमन्त्री र सभामुख बन्ने दौडधुप तीव्र बनेको छ । आकांक्षीहरु आफ्नो पक्षमा माहोल सिर्जना गर्न सक्रिय बनेको समाचारलाई आजका केही पत्रिकाहरुले लेखेका छन् ।समाचार अनुसार सीमित पदका लागि धेरै आकांक्षीहरु देखिएपछि व्यवस्थापन पेचिलो बनेको छ ।

नयाँ पत्रिका दैनिकले ‘एक्काइसौं शताब्दीको विद्यालय’ शीर्षक दिएर विद्यालय शिक्षाको अवस्थाबारे मुख्य समाचार लेखेको छ । नयाँ पत्रिकामै निर्वाचनको सम्पूर्ण परिणाम ५ फागुनसम्म आइपुग्ने समाचार पनि छ ।

आज प्रकाशित पत्रपत्रिकाहरुले सशस्त्र विद्रोहमा मृत्युवरण गरेका नेपाली सेना, नेपाल प्रहरी, राष्टिय अनुसन्धानका प्रहरी, निजामति कर्मचारी र शिक्षकलाई शहीद घोषणा गरेको समाचारलाई पनि स्पेश दिएका छन् ।

नागरिक दैनिकले ‘अबको एजेन्डा विकास’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ भने सरकारी मुखपत्र गोरखापत्रले प्रदेश १ र ४ को हिजो सम्पन्न पहिलो बैठकको समाचारलाई छापेको छ ।

कहिले बन्छ नयाँ सरकार ?

नयाँ पत्रिका दैनिकले नयाँ सरकार निर्माणबारे अाज चर्चा गरेकाे छ ।  समाचार अनुसार सरकार निर्माणका दुर्इ बाटाे छन् । यी दुर्इबाटाे मध्ये कुनै एकबाट अघि बढेका छिटाेमा ३ फागुनभित्र नयाँ सरकार बन्नेछ भने दाेस्राे विकल्पमा जानुपर्ने अवस्था अाएमा फागुन १० भित्र देशले नयाँ प्रधानमन्त्री पाउनेछ ।

प्रदेश सभा सांसदको शपथपछि मात्र पहिलो बैठक आह्वान गरिएकै प्रक्रिया अपनाउँदा छिटोमा फागुनको तेस्रो सातापछि मात्र केन्द्रमा नयाँ सरकार बन्ने नयाँ पत्रिका दैनिकको समाचारमा उल्लेख छ । प्रदेशमा शपथ ग्रहण गरेपछि ३ फागुनभित्र नयाँ सरकार गठन हुँदै छ । निर्वाचन आयोगले ५ फागुनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएको बढीमा तीन दिनभित्र राजपत्रमा प्रकाशित हुनेछ ।

राजपत्रमा प्रकाशित भएको मितिले संविधानको धारा ९३ अनुसार बढीमा ३० दिनभित्र संघीय संसद्को पहिलो बैठक आह्वान गर्नेछिन् । तर, राष्ट्रपतिले बाटोको म्यादसहित सातदेखि १५ दिनको समयसीमा राखेर सकेसम्म छिटो बैठक आह्वान गर्ने सम्भावना भएकाले १५ देखि २१ फागुनसम्म पहिलो बैठक बस्न सक्छ ।

प्रदेशकै प्रक्रिया अपनाउँदा पहिलो बैठकमा सांसदहरूको शपथ ग्रहण भएलगत्तै नयाँ सरकारका लागि तत्काल प्रधानमन्त्री नियुक्तिको बाटो खुल्नेछ । ‘संविधानमा निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र पहिलो बैठक आह्वान हुने व्यवस्था भएकाले छिटोमा २४ फागुनदेखि ढिलोमा चैतको पहिलो सातासम्म सरकार बन्न सक्छ,’ संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले नयाँ पत्रिकासँग भनेका छन्, ‘तर राष्ट्रपतिले कति समयसीमा राखेर बैठक आह्वान गर्नुहुन्छ, त्यसैमा भरपर्ने भएकाले केही दिन यताउता पनि हुनसक्छ ।’

शपथपछि प्रधानमन्त्रीको नियुक्ति हुने कि शपथअघि हुने भन्ने संविधानमा स्पष्ट नखुलाइएकाले राजपत्रमा परिणाम सार्वजनिक भएलगत्तै पनि नयाँ प्रधानमन्त्री नियुक्तिको बाटो खुल्न सक्छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा कुनै दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नसक्ने व्यवस्था छ । ५ फागुनलगत्तै परिणाम सार्वजनिक हुने भएकाले वाम गठबन्धनको सिफारिसमा नयाँ प्रधानमन्त्री तत्काल नियुक्त हुन पनि सक्छन् । एमाले र माओवादीका नेताहरूले यो धाराअनुसार शपथबिनै प्रधानमन्त्री नियुक्त गरेर संसद्को पहिलो बैठक आह्वान गर्न सकिने र संसद्लाई अन्य बिजनेस दिन सकिने अडान राख्दै आएका छन् । ०४८ सालपछि पटक–पटक यस्तै अभ्यास र परम्परा रहेकाले राष्ट्रपतिले संविधानकै व्यवस्थाअनुसार परिणाम सार्वजनिक भएलगत्तै प्रधानमन्त्री नियुक्त गर्न सकिने उनीहरूले तर्क गर्दै आएका छन् ।

मुख्यमन्त्री र सभामुख बन्न दौडधुप तीव्र

प्रदेश मुख्यमन्त्री र सभामुख बन्नका लागि एमाले र माओवादी केन्द्रभित्र आन्तरिक दौडधुप तीव्र भएको छ । तर केन्द्रीय नेतृत्व भने सर्वसम्मत गराउने प्रयासमा जुटेको छ ।

फागुन पहिलो साताभित्र प्रादेशिक सरकार र प्रदेशसभा सभामुख चयन गरिसक्नुपर्ने प्रावधानका कारण दौडधुप तीव्र बनेको कान्तिपुरमा समाचार छ ।

एमाले र माओवादी केन्द्रका आकांक्षीहरु पार्टीभित्रका प्रादेशिक कमिटी, संसदीय दल मात्र नभई केन्द्रीय नेताहरुलाई समेत आफ्नो पक्षमा पार्न भेटघाट गरिरहेका छन् । भेट्न आउने नेताहरुलाई दुवै दलका केन्द्रीय नेतृत्वले पहिलो अध्यास भएकाले सकेसम्म चुनावभन्दा सर्वसम्मति गर्न सुभवा दिइरहेका छन् ।

समाचार अनुसार दुई दलबीच पार्टी एकताको प्रयास भइरहेकै बेलामा एउटै पार्टीभित्रका पदमा नेताहरुबीच प्रतिष्पर्धा गर्दा राम्रो सन्देश नजाने भन्दै सकेसम्म मिलेर जानुपर्ने उनीहरुको सुझाव छ ।

Loading...
शेयर

तपाईंको जबाफ