तीन नम्बर प्रदेशमा बैठकको तयारी पुरा, यस्ता छन् बैठकका एजेण्डा

7

मकवानपुर, माघ १७ – प्रदेश नम्बर ३ को अस्थाई राजधानी हेटांैडामा बिहीबार हुने बैठकको तयारी पुरा भएको छ । बैठक बस्नका लागि सबै तयारी पुरा भएसँगै बिहीबार हुने बैठकको पूर्व अभ्यास समेत गरिएको छ ।

तीन नम्बर प्रदेशका ज्येष्ठ सदस्य सभामुख डोरमणी पौडेलले आफ्नो कार्यकक्षमा बस्दै बिहीबार हुने बैठकका विषयमा पूर्व अभ्याश गर्नुभएको तीन नम्बर प्रदेशका संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

बिहीबार हुने बैठकमा मुख्यगरी तीनवटा एजेण्डा रहेको र बुधबार ती एजेण्डाका बिषयमा सहमति भएको पाण्डेले बताउनुभयो । पहिलो एजेण्डाको रुपमा प्रदेश प्रमुखले संसद बैठकको आब्हान गरेको पत्र पढ्ने, दोश्रोमा प्रदेशसभा सञ्चालनको लागि कार्यविधि बनाउने र तेश्रोमा प्रदेश सभामुख चुनावकोे मिति घोषणा गरिने विषयमा निर्णय हुने उहाँले बताउनुभयो ।

प्रदेशसभाको पहिलो बैठकलाई ऐतिहासिक र भव्य बनाउनका लागि संसद सचिवालयका कर्मचारी दिनरात नभनी खटिएका छन् । प्रदेशसभा सुरक्षाको लागि ३० जना मर्यादापालक सहित तीनवटा सुरक्षा घेरा रहने पाण्डेले जानकारी दिनुभयो । सुरक्षामा संसद सचिवालयको बैठक कक्षमा मर्यादा पालक, बाहिर जनपथ प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिने व्यवस्था गरिएको छ ।

बैठकको लागि पहिलेको क्षेत्रीय शिक्षा निर्देशनालयको भवनको हल, बाहिरी संरचना रंगरोगन गरेर चिटीक्क पारिएको छ । भित्र सभामुख बस्ने कक्ष, कर्मचारी, मर्यादा पालक, प्रदेश सांसद बस्नको लागि छुट्टा छुट्टै स्थान तय गरिएको छ ।

Loading...
शेयर

तपाईंको जबाफ