मलाई डरलाग्दो अपराधी प्रमाणित गर्न खोजिँदै छ : सिलवाल

17

काठमाडौं, माघ ११ – इन्टरपोलमार्फत प्रहरीको व्यापक खोजीमा परेका एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालले राज्यले आफूलाई डरलाग्दो अपराधी प्रमाणित गर्न लागेको गुनासो गरेका छन् । बुधबार प्रेसविज्ञप्ति सार्वजनिक गर्दै सिलवालले मुलुकको सिंगो प्रशासन र प्रहरी संगठन महत्वपूर्ण जिम्मेवारी छाडेर आफूविरुद्ध लागेको दाबी गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘मुलुकको सिंगो प्रशासन र प्रहरी संयन्त्र अरू सबै महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी छाडेर मलाई यो देशको सबभन्दा डरलाग्दो र संगीन अपराधी प्रमाणित गर्न समय, स्रोत र साधन खर्चिरहेको छ । त्यसैबाट पनि को वास्तविक दोषी छ र अत्तालिएको छ भन्ने देखिएको छ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

विज्ञप्तिमार्फत उनले प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणका सबै आयाममा निष्पक्ष निकायबाट छानबिन हुनु र दोषीमाथि कारबाही हुनु आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्, ‘जुन मान्छे यो सम्पूर्ण घटनाक्रममा मेरो विपक्षी रहेको छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरूलाई निर्दोष साबित गरी मलाई प्रहार गर्ने जुन खेल भइरहेको छ, त्यसको अन्त हुनुपर्छ ।’ निष्पक्ष निकायबाट भोलि हुने अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सबै प्रकारले सहयोग गर्न आफू तयार रहेको सिलवालले बताएका छन् ।

Loading...
शेयर

तपाईंको जबाफ